काठमाण्डौ । नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ।
यूपीआई अन्तरबैंक र सीमापारी लेनदेनको सुविधाका लागि भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो। यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीका लागि सीमापार यात्रा गर्ने लाखौँ नेपाली र भारतीयलाई दुवै देशका पसल र व्यापारी पसलमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरु प्रयोग गरेर निर्वाध रुपमा आफ्नो खरिदहरुको भुक्तानी गर्न सक्षम बनाउनेछ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई भारतका व्यापारी स्टोरहरुमा सुरक्षित र निर्वाध भुक्तानी गर्न सक्नेछन्। त्यसैगरी नबिल यूपीआई क्यूआरसँग सम्बद्ध र सक्षम भएका व्यापारीले फोनपे, गुगल पे र पेटीएमलगायत यूपीआईमा आधारित मोबाइल एपहरु प्रयोग गरेर भारतीय पर्यटकबाट भुक्तानीहरु स्वीकार गर्न सक्नेछन्।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago