काठमाण्डौ । निजी क्षेत्रको टप नबील बैंक लिमीटेडले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । यो बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ३ अर्ब ६२ करोड खूद नाफा आर्जन गरेको थियो । 

गत वर्ष आर्थिक वर्ष २०७२/७३ को नाफाबाट यो बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सो बेला बैंकले २ अर्ब ८२ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको थियो ।