काठमाण्डौ । नबील बैंकका सेयरधनीले दशैं खर्चको रुपमा नगद लाभांश पाउने भएका छन् । यो बैंकले आगामी असोज १० गते वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट प्रस्ताव गरिएको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित हुनेछ । संचालक समितिको ४८ प्रतिशत लाभांश वितरणको निर्णय राष्टबैंकबाट स्वीकृत भइसकेको छ । साधारणसभाबाट समेत पारित भएपछि सेयरधनीले दशैं खर्चको साथमा बोनस सेयर समेत पाउनेछन् । 

नबील बैंकले साधारणसभा प्रयोजनका लागि भदौ २७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ भदौ २६ गते यो बैंकको सेयर खरीद गरेका वा सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले वार्षिक साधारणसभामा सहभागी हुन तथा घोषित लाभांश पाउनेछन् । 

आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म यो बैंकले ३ अर्ब ६२ करोड खूद नाफा आर्जन गरेको थियो । गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश वितरणको घोषणा गर्ने वाणिज्य बैंकमध्ये नबील टप पोजिसनमा रहेको छ ।