काठमाण्डौ । नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट घोषणा गरेको सेयर र नगद लाभांश सुरक्षित गर्न चाहनुुहुन्छ भने अब केही दिन मात्र बाँकी छ ।

यो बैंकले आगामी भदौ २७ गतेलाई साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ भदौ २६ गतेभित्र यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र घोषित लाभांश पाउनेछन् । भदौ २२ गते सार्वजनिक विदा परेको र २४ गते शनिवार परेकोले अब लगानीकर्ताले २३, २५ र २६ गते गरी ३ कार्यदिनभित्र नै यो बैंकको सेयर खरीद गरे मात्र घोषित लाभांश सुरक्षित गर्न सक्नेछन् ।

नबील बैंकले यसपटक १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । यी दुुई लाभांश लगायतका प्रस्ताव पारित गर्न नबीलले आगामी असोज १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।