काठमाण्डौ । नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेटमार्फत स्मार्ट क्यूआर उपलब्ध हुने नेपालभरका मर्चेन्टहरुमा स्क्यान एन्ड पेस सेवा सुरु गरेको छ। 

यो सेवा सुरु भएसँगै नमस्ते पे वालेटका प्रयोगकर्ताहरुले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)द्वारा जारी गरिएका स्मार्ट क्यूआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्यूआर स्क्यान गरी आफ्नो वालेटबाट सीधै डिजिटल भुक्तानी गर्न सक्नेछन्। स्मार्ट क्यूआर नेटवर्कमा हाल नेपालभर मर्चेन्टहरु रहेका छन् र सो नेटवर्कलाई थप मर्चेन्टहरुलाई विस्तार गर्ने कार्यसमेत जारी रहेको छ। 

सो क्यूआर भुक्तानी सेवा सुरु भएसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्डस्टार जुत्ताका शोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (अधिकतम रु. ३००) सम्म छुटसमेत प्राप्त गर्न सकिनेछ। यसका साथै भविष्यमा थप आकर्षक अफरहरु आउनेसमेत स्मार्ट क्यूआर सञ्चालक एससीटी तथा नमस्ते पे सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी)ले जनाएको छ। 

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित सेवा प्रदान संस्था हो। 

त्यस्तै नमस्ते पेअन्तर्गत नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।