काठमाण्डौ । साबिक एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने नम्बर कहिले पनि निर्णायक नहुने बताएका छन्।

मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको आजबाट एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा न्यौपानेले यस्तो धारणा राखेका हुन्। ‘हामी नम्बर खेलमा विश्वास गर्छौं तर नम्बर कहिलेले पनि निर्णायक हुँदैन’, उनले भने, ‘नम्बरका पछाडि तर्क, विवेक र परिणाम हुन्छन् भन्ने स्वीकार्यौँ भने नम्बरको खेल जहिले उधोगति जान्छ।’ 

मान्छेले निर्माण कुनै वस्तु छ भने त्यो कानुन रहेको न्यौपानेले बताए। ‘त्यो कानुन पनि विवेक, तर्क र परिणाम, मूल्य र मान्यताबाट हार्छ’, उनले भने, ‘त्यही अनुभूति यो मर्जरबाट लिनुपर्छ भन्ने स्थापित गर्न गइरहेको र्छौं।

न्यौपानेले सेवाको प्रदानता व्यापारको आधार हुनुपर्ने पनि बताए। ‘व्यापारलाई व्यापारका रुपमा मात्र नभएर सेवाका रुपमा स्थापित गर्नुपर्छ’, उनले भने। 

सेवाबाट पाएको मेवा सबैभन्दा मिठो हुने न्यौपानको भनाइ थियो। ‘नेपाली फलफूलमा सबैभन्दा उत्तम फलफूलका रुपमा मेवालाई लिइन्छ’, कर्मचारीहरुप्रति इंगित गर्दै न्यौपानेले भने, ‘त्यसैकारण यो उखान बनेको छ। त्यसैले म कर्मचारी साथीहरुलाई यो आग्रह गर्न चाहन्छुको कि तपाइँले सेवा प्रदानता व्यापक गर्नुहोस् ।’

बैंक व्यवस्था खासगरी सीईओ, डीसीईओहरुको बैंकिङ व्यवस्थापनमा निर्भर रहने पनि न्यौपानेले बताए। ‘नीतिगत स्पष्टता र नीतिगत सपोर्ट व्यवस्थापनको मूल भाव हो’, उनले भने। 

न्यौपानेले कुमारी र एनसीसी बैंकको मर्जर प्रक्रिया पूरा गर्न सहयोग र साथ दिने सबै पक्षलाई धन्यवाद पनि दिए।