काठमाण्डौ । हुण्डाई मोटर इण्डिया लिमीटेडले ह्याचब्याक सेगमेन्टमा आफ्नो पकड मजबुत गर्नका लागि नयाँ वर्षमा नयाँ सानो कार लञ्च गर्न गइरहेको छ । कम्पनीले इआन तथा ग्राण्ड आइटेनको बीचको ग्यापलाई भर्नका लागि यो कारलाई पेश गर्न गइरहेको हो । जुन सेगमेन्टमा यो कारलाई लञ्च गर्न खोजिएको छ, त्यसमा टियागो, फोर्ड फिगो तथा मारुती स्वीफ्ट समेत हुन् । यसकारण हुण्डाईको यो नयाँ कारले यो सेगमेन्टमा बनेका अन्य कम्पनीका कारहरुलाई टक्कर दिने विश्वस गरिएको छ । 

के हो कम्पनीको योजना ?
हुण्डाई मोटर इण्डियाका डाइरेक्टर राकेश श्रीवास्तवले कम्पनीले सन् २०१८ मा आयोजना हुने अटो एक्स्पोमा नयाँ र सानो पारिवारिक डिजाइनवाला कार पेश गर्नेछ । त्यसपछि यसको भव्य लञ्च हुनेछ । भारतसँगै नेपालमा समेत यसको भव्य लञ्च गरिनेछ । 

उनले भनेका छन् कि आगामी अटो एक्स्पोका बिषयमा उनी उत्साहित छन्, कारण मानिसले धेरै नयाँ खालका डिजाइन हेर्ने मौका पाउनेछन् । 

श्रीवास्तवका अनुसार हुण्डाईको यो कार ५ सिटे कार हो । यो कारलाई इआन र ग्राण्ड आईटेनको बीच राखिएको छ । उनका अनुसार यो कार २०१८ को दोश्रो त्रैमाससम्म लञ्च गरिसकिनेछ ।

यो कारको मूल्यको बिषयमा कुनै पनि सूचना बाहिर आएको छैन । तर, टाटा मोटर्सको टियागो, फोर्ड तथा मारुती सुजुकीको स्वीफ्टकै हाराहारीमा यसको मूल्य समेत निर्धारण हुने बताइएको छ।