काठमाण्डौ । ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको  छ । 

सार्वजनिकको तयारीमा रहेका लोकप्रिय एसिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् । 

मध्यमवर्गीय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएको छ।

ओपो एसिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ । 

जीवनमा उत्कृष्टताको खोजी गर्दा गर्दै सम्झौता गर्नुपर्ने बाध्यताको अनुभव गरिरहेका यूवा जमातका लागि ओपो ए सिरिज २०२०ले थप सम्भावना प्रशस्त गरिदिएको छ । यसमा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उपभोक्तालाई उत्कृष्टताको अनुभवका लागि मार्ग खुल्ला गरिदिएको छ ।