काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरे । सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत मंसिर ५ देखि मंसिर ७ गतेसम्म नेपालगन्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनका लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गतेसम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् । 

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरुसमेत लिन सक्छन् । त्यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र बिज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य सम्पूर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । 

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घताअनुरुप यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।