काठमाण्डौ । नेपाली बजारमा हिजोआज कारका पारखीहरु बढ्न थालेका छन्। नयाँ–नयाँ ब्रान्डका कारहरुप्रति आकर्षण बढ्न थालेको छ। कार बिक्रेताहरुले ग्राहकलाई कार चढ्ने चाहना पूरा गर्न विभिन्न स्किम ल्याइरहेका छन्।

कार किन्नुअघि निकै उत्सुकता हुन्छ। तर त्यही उत्सुकताले कहिलेकाहीँ ग्राहकले कारमा रहेका फिचरहरुबारे बुझ्न भुल्न सक्छन्। तर आवश्यक फिचरहरु उपलब्ध नहुँदा पछुताउनुबाहेक अन्य विकल्प हुँदैन। त्यसैले यदि नयाँ कार किन्ने सोचमा हुनुहुन्छ अवश्य पनि यी ६ फिचरहरुबाट जान्नुहोस् र सोध्नुहोस्। अनिमात्र भनेजस्तो कार चढ्ने तपाइँको चाह पूरा हुन सक्छ।

१. एबीएस र एयरब्याग

सबैभन्दा पहिले सेफ्टीको कुरा गरौँ। करमा एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) एउटा महत्वपूर्ण सेफ्टी फिचर हो। यसले तीव्रगतिमा इमरजेन्सी ब्रेकिङका क्रममा कारलाई तपाइँको कन्ट्रोलमा राख्न मद्दत गर्छ। यसले कारलाई चिप्लिन दिन्न। 

दोस्रो महत्वपूर्ण फिचर हो एयरब्याग्य। यो फिचर गम्भीर दुर्घटनाको स्थितिमा चालक र यात्रुलाई चोट पुग्नबाट बचाउँछ। अहिले पनि कतिपय कारमा यो फिचर पाइँदैन। यदि तपाइँ आफ्नो र आफ्नो परिवारको सुरक्षालाई महत्व दिनुहुन्छ भने थोरै बढी पैसा परे पनि सुरक्षित कार किन्नमै ध्यान दिनुहोस्।

२. रियर पार्किङ सेन्सर/क्यामेरा र सेन्सर
भीडभाड स्थानमा कार पार्क गर्न निकै समस्या हुन्छ। यस्तोमा रियर पार्किङ सेन्सर वा क्यामेराले तपाइँको समस्या कम गर्न सक्छ। यो फिचरले तपाइँलाई कार पार्क गर्दा कारको पछाडिको स्थितिलाई अवगत गराउँछ। जब कुनै चिज कारको नजिक आउँछ तब सावधानी गराउँछ अनि तपाइँ सतर्क हुन सक्नुहुन्छ।

यसैगरी रियर पार्किङ सेन्सर/क्यामेराको मद्दतले तपाइँ कारलाई विना कुनै झन्झट सजिलै पार्किङमा खडा गर्न सक्नुहुन्छ। यसका साथै आफ्नो र अरुको गाडीलाई हुने नोक्सानीबाट बचाउन सक्नुहुन्छ। 

३. सेन्ट्रल लकिङ सिस्टम

यो पनि एउटा महत्वपूर्ण सेफ्टी फिचर हो। जसले तपाइँको मेहनतको कमाइबाट किनेको कारलाई चोरी हुनबाट जोगाउँछ। सेन्ट्रल लकिङ सिस्टमले धेरै हदसम्म तपाइँको कार चोरी हुने सम्भावना कम गरिदिन्छ। 

यसका साथै ड्राइभिङका क्रममा यो सिस्टमले कारको चारवटै ढोका लक गरिदिन्छ। ता कि गुडिरहेको कारमा झुक्किएर पनि कसैले ढोका खुल्न नसकुन्। यी सुविधासँगै पार्किङमा राखिएको तपाइँको कार खोज्न पनि यो सिस्टमले मद्दत गर्छ।

४. एन्टरटेनमेन्ट सिस्टम विद् ब्लुटुथ कनेक्टिभिटी

कतिपय कम्पनीहरुले कारमा म्युजिक सिस्टमका साथै ब्लुटुथ, अक्स र यूएसबी कनेक्टिभिटी दिन सुरु गरेका छन्। यात्रा लामो होस् वा छोटो कारमा राम्रो म्युजिक सिस्टम हुनु अहिले निकै आवश्यक भइसकेको छ। आजकल कारहरुमा केवल म्युजिक सिस्टमका ठाउँमा इन्फोटेनमेन्ट सिस्टम आउन थालेको छ। यसमा कारका अन्य फङ्सनहरुको जानकारीका अलावा फोनलाई पनि कनेक्ट गर्ने सुविधा पाइन्छ। थुप्रै सिस्टम कलिङ, म्यासेजिङ र नेभिगेसन पनि सपोर्ट गर्छन्।

५. पावर विन्डो

पावर विन्डो पहिले एडभान्स फिचरमा मानिन्थ्यो तर अहिले आम फिचर बनेको छ। जुन लगभग सबै कारमा पाइन्छ। प्रायः कारहरुको अगाडिको विन्डोका लागि यो फिचर स्ट्यान्डर्ड रुपमा पाउन थालिएको छ। केवल आराममात्रै होइन कि सुरक्षाको दृष्टिकोणले पनि यो फिचर निकै महत्वपूर्ण छ। 

कोसिस गर्नुहोस् कि तपाइँको कारमा अगाडि र पछाडि दुवैतिर पावर विन्डो होस्। त्यसो त बाहिर अन्यत्रबाट पनि तपाइँ आफ्नो कारमा पावर विन्डो सिस्टम लगाउन सक्नुहुन्छ। तर राम्रो क्वालिटी र भरपर्दो रुपमा सम्बन्धित शोरुमबाटै पावर विन्डो लगाउँदा बेस हुन्छ।

६. एडजस्टेबल ओआरभीएम

कारमा बाहिर हुने सिसालाई आउटसाइड रियर भ्यू मिरर (ओआरभीएस) वा विंग मिरर पनि भनिन्छ। सुरक्षित र स्मुद ड्राइभिङमा यसले अहम भूमिका निर्वाह गर्छ। अहिले अधिकांश करहरुमा यो स्ट्यान्र्ड फिचरका रुपमा रहेको हुन्छ। तर कतिपय कम्पनीहरु यस्ता पनि हुन्छन् कि जसले बेस भेरियन्टमा केवल ड्राइभर साइडमा मात्रै एडजस्टेबल विंग मिरर दिएका हुन्छन्। तपाइँ कारको दुवैतिर जडित विंग मिरर भएको कार नै किन्ने कोसिस गर्नुहोस्। यदि तपाइँको बजेटमा दुवै इलेक्ट्रिकल्ली एडजस्टेबल ओआरभीएम पाइरहनुभएको छ भने झनै राम्रो हुनेछ।