काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी मिड साइज एसयूभी श्रेणीमा केही नयाँ गर्ने योजना बनाइरहेको छ। कम्पनीले बजारमा आफ्नो पकड जमाउनका लागि नयाँ योजना बनाइरहेको हो। 

बजारमा अहिले मिड साइज श्रेयणीका एसयूभी सेक्सनमा ह्युन्डईको क्रेटा र कियाको सेल्टोसको दबदबा छ। मारुतीको एस–क्रस भी मिड साइज एसयूभी श्रेणीमा एउटा विकल्पका रुपमा रहेको छ तर ठूलो प्रभाव जमाउन भने सफल हुन सकेको छैन। 

कम्पनीले बजारमा ५० प्रतिशत हिस्सेदारी बनाइराख्ने उद्देश्यका साय मिड साइज एसयूभी श्रेणीमा केही नयाँ गर्न खोजेको हो। मारुती सुजकीका बिक्री निर्देशक शशांक श्रीवास्तव भन्छन्, ‘स्मल साइज एसयूभी श्रेणीमा विटारा ब्रेज्जाको दबदबा कायम छ तर मिड साइज एसयूभी श्रेणीमा बजारमा हाम्रो हिस्सेदारी निकै कम छ। यो श्रेणीमा हामीसँग एस–क्रस छ, जसलाई हामीले नयाँ इन्जिनका साथ गत वर्ष अगस्टमा बजारमा उतारेका थियौँ।’

श्रीवास्तव मिड साइज एसयूभी श्रेणीमा नयाँ कार बजारमा ल्याउने योजना रहेको सुनाउँछन्। ‘तर अहिले नै यो कारका विषयमा धेरै खुलाउन मिल्दैन’, उनले भने। – एजेन्सी