काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा कम्पनीबाट संचालित विभिन्न सेवाहरुमा छुटको अफर सार्वजनिक गरेको छ । 

जिएसएम तथा  सीडीएमए मोवाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा चैत ३० गतदेखि बैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध हुने टेलिकमले जनाएको छ । 

प्रवक्ता प्रतिभा वैद्यका अनुसार जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकहरुलाई डाटा प्याकेजमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । चैत ३० गतेदेखि बैशाख २ गतेसम्ममा १ सय एमबीको डाटा ५० रुपैयाँमा  प्राप्त गर्न सकिने र यसको बैधता ७ दिनभित्रसम्म रहने वैद्यले जानकारी दिइन ।