क्यालिफोर्निया । ओप्पोको पहिलो फोल्डेबल फ्लागसिप स्मार्टफोन, ओप्पो फाइन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ। यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल आई/ओ की नोटमा प्रदर्शन गरिएको थियो।

थप रुपमा ओप्पो फाईन्ड एन एण्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोनमध्ये एक हो। ओप्पोले ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एन्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ। फाइन्ड एनसँगसँगै एन्ड्रोइड १३ बिटा ओप्पो फाइन्ड एकस प्रो फ्लासिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताका लागि पनि उपलब्ध छ। 

ओप्पोका लागि नवप्रवर्तन भनेको सफलताका प्रविधिहरु समावेश गर्नुमात्र नभएर कमजोरीहरु पहिचान गर्ने र प्रयोगकर्तालाई सशक्त बनाउन नवीन समाधानहरु डिजाइन गर्नेबारे हो। ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने ‘ओप्पो फाइन्ड एनले प्रविधिको उन्नतिमार्फत प्रयोगकर्तालाई  सशक्त बनाउन ओप्पोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ। गुगलसँग मिलरे काम गर्दै, हामी यस अत्याधुनिक हार्डवेयरको संयोजन र बढ्दो बजारमा अतुलनीय सफ्टवेयर अनुभव प्रदान गर्न पाउँदा गर्व गर्छौं।’

ओप्पो फाइन्ड एनमा रहेको एण्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेका लागि अनुकूल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ। 

थप रुपमा मे १२ मा गुगल आई/ओको दोस्रो दिनपछि ओप्पो र गुगल इन्जिनियरहरुले संयुक्त रपमा नयाँ स्मार्टफोन फर्म फ्याक्टरहरुको भविष्य हार्डवेयर, सफ्टवेयरले कसरी राम्रोसँग काम गर्न सक्छन् भन्नेबारेमा गहन छलफलका लागि इन्स्टाग्राम लाइभ सेसनको आयोजना गरेका थिए। सुधारिएको प्रयोगकर्ता अनुभवको लागि, सहभागिहरुले गुगलबाट एन्ड्रोइडमा यूएक्सका निर्देशक कर्नवेल समावेश गरेका थिए्। ओप्पो सफ्टवेयर उत्पादन प्रमुख ग्यारी चेन र ओप्पोका वरिष्ठ यूएक्स डिजाइनर पनि यस सेसनमा सहभागी थिए।