काठमाण्डौ । रोयल इन्फिल्डले आफ्नो चर्चित बाइक हिमालयनलाई नयाँ रङ र केही साना परिवर्तनसहित अपडेट गरी बजारमा ल्याएको छ।

कम्पनीले यो शक्तिशाली साहसिक बाइकमा ग्लेसियर ब्लु, ड्युन ब्राउन र स्लिट ब्ल्याक रंगको रङ थपेको छ। यी तीन रङ हिमालयमा देखिने दृश्यबाट प्रेरित भएको बताइएको छ। 

ग्लेसियर ब्लु कलर हिमालयको चिसो हिमनदीबाट लिइएको कम्पनीले जनाएको छ। ड्युन ब्राउन रङ नुब्रा उपत्यका र लद्दाखको टिब्बाबाट प्रेरित भएको भनिन्छ। बन्द गरिएको स्लिट प्याट्रन फेरि ल्याइएको छ। यसलाई स्लिट ब्ल्याक नामक नयाँ भर्जनमा लन्च गरिएको छ।

अब ग्राहकले हिमालयन बाइक ६ रङमा पाउनेछन्। तीनवटा नयाँ रङका साथसाथै बाइक पाइन ग्रीन, ग्रेनाइट ब्ल्याक र ग्रेभल ग्रेमा पनि उपलब्ध हुनेछ। योसँगै कम्पनीले यो बाइकलाई ग्रेभल ग्रे, रकर रेड र लेक ब्लू शेडमा नल्याउने निर्णय गरेको छ। 

यसबाहेक कम्पनीले रोयल इन्फिल्ड हिमालयनमा नयाँ डिबोस गरिएको लोगो दिएको छ। जुन ग्रिल सेक्सन र साइड प्यानलिङमा देखिन्छ।

रोयल इन्फिल्ड हिमालयनमा यूएसबी चार्जिङ पोर्ट पनि दिइएको छ। यसको प्रारम्भिक मूल्य भारु २.१६ लाख राखिएको छ। जहाँ ग्लेसियर ब्लू र स्लिक ब्ल्याक कलर भेरियन्टको मूल्य भारु २.२३ लाख छ। यसका साथै ड्युन ब्राउन कलरमा यो बाइक किन्दा भारु २.२२ लाख लाग्नेछ। बाइकमा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन।

यो बाइकमा ४११ सीसी, एयर कुल्ड र एसओएचसी इन्जिन रहेको छ। ४ स्ट्रोक इन्जिन भएको यो बाइकको इन्जिनले ६५०० आरपीएममा २४.३ बीएचपी पावर र ४०००–४५०० आरपीएममा ३२ एनएमको पिक टर्क जेनेरेट गर्छ। ५ स्पिड गियरबक्स ट्रान्समिसनका साथमा रहेको यस बाइकमा डुअल च्यानल एन्टि लक ब्रेकिङ सिस्टम (एबीएस), स्विच गर्न मिल्ने रियर एबीएस, हाजार्ड ल्याम्पजस्ता सुविधा पनि छन्।

यो बाइकमा २१ इन्च अगाडि र १७ इन्च रियर ह्विल रहेको छ। यसमा अगाडिको भागमा टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा मोनोसक सस्पेन्सन रहेको छ। 

रिपोर्टका अनुसार रोयल इन्फिल्डले हिमालयको नयाँ मोडलमा पनि काम गरिरहेको छ। जुन ४५० सीसी लिक्विड कुल्ड इन्जिनमा आधारित हुनेछ। यो बाइक अर्को वर्षसम्म बजारमा आउन सक्ने सम्भावना छ। –एजेन्सी