– अर्जुन तिमिल्सिना
काठमाण्डौ । करिब २ वर्षको रस्साकस्सीपछि आगामी सातादेखि ब्रोकर कम्पनीहरुले सञ्चालन गर्ने भनिएको नयाँ टीएमएसको परीक्षण सुरु हुने भएको छ।
२०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए। लामो समय एपीआई पोलिसीका कारण अड्केको नयाँ टीएमएस सञ्चालनमा आउने अब लगभग पक्का भएको छ।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले आफूहरु नयाँ टीएमएस सञ्चालनमा ल्याउन आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरिसकेको बताए। ‘हामी नयाँ टीएमएस सञ्चालनमा ल्याउन तयारी अवस्थामै छौँ’, उनले भने, ‘अब नेप्सेले परीक्षण गर्न बाँकी छ। आउँदो साताबाट परीक्षण सुरु हुने हाम्रो अपेक्षा छ।’
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि छिट्टै ब्रोकरहरुका नयाँ टीएमएसको परीक्षण कार्य सुरु हुने जानकारी दिए।
नेप्सेबाट हाल ३४ वटा ब्रोकर कम्पनीले नयाँ टीएमएस सञ्चालनको अनुमति पाएका छन्। नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले भारतीय कम्पनीको र अन्य ३३ वटा ब्रोकर कम्पनीले श्रीलंकन कम्पनीको टीएमएस सञ्चालन ल्याउनेछन्।
21 minutes ago
32 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago