काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए)ले हरेक महिनामा एकपटक आर्थिक पत्रकारहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ । 

एनबीएको नेतृत्वमा एनएमबि बैंकका सीईओ सुनील केसी आएसँगै यस्तो कार्यक्रम हरेक महिना गर्ने निर्णय गरिएको हो।

हालै सम्पन्न एनबिएको विशेष वार्षिक साधारणसभाले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको थियो। केसी यसअघि  उपाध्यक्ष थिए। 

एनबीएले हरेक महिना अर्थतन्त्र र बैंकिङ सेक्टरका समसायिमक विषयमा आर्थिक पत्रकारसँग अन्तरक्रिया गर्नेछ । यसको सुरुवात आगामी मंगलबारदेखि हुने एनबिएका एक अधिकारीले जानकारी दिए। 

यो नयाँ कार्यको थालनी आर्थिक पत्रकार र एनबीएको समन्वयलाई निरन्तरता दिन पनि रहेको बताइएको छ। यो अभियानले एनबीएका निर्णय तथा सूचनाहरु सहज ढंगले सञ्चारकर्मीले पाउने र सोहीअनुसार सञ्चारमाध्यममा प्रवाह हुने आशा गरिएको ती अधिकारीले जानकारी दिए ।