काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।

आफ्नो पहिलेको हुन्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुन्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ। नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रुपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।  

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरुसहित तयार गरिएको हुन्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ। यो सेगमेन्टमै पहिलोपटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरुप दिएको छ। 

त्यस्तै हुन्डाई भेन्यूको अघिल्लो भागमा रहेको पारामेटिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ। यसमा रहेको डायमन्ट कट अलोय ह्विल्स, एलईडी प्रोजेक्टर ल्याम्प, पुडल ल्याम्प, सार्क फिन एन्टिना रुप रेलले नयाँ हुन्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको छ।  

नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र टु टोन ब्ल्यायक ग्रिज इन्टेरियरका कारण निकै नै आरामदायी छ। नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेससहितको ६०ः४० स्प्लिट सिट, कप होल्डरसहितको रिअर सेन्ट्र आर्मरेस्ट, दुईवटा रियर यूएसबी चार्जर, टु स्टेप रियर रिक्लिनिङ सिट, इर्गोनोमिकल डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्च इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोब बक्स, वायरलेस फोन चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल एससी र स्मार्ट सनरुफलगायतका सुविधाले हुन्डाई भेन्यूलाई एक उत्कृष्ट कम्प्याक्ट एसयूभीको रुपमा स्थापित गराउनेछ। 

यसका साथै नयाँ हुन्डाई भेन्यूमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ। यसले ग्राहकको ड्राइभिङ अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको छ।

यसबाहेक नयाँ भेन्युमा Dual Airbags, Rear Parking Assist Camera, Automatic Headlamps & Headlamp Escort Function, Cornering Lamps, Tyre Pressure Monitoring System, Electronic Stability Control, Vehicle Stability Management र Hill Assist Control लगायतका थप सुरक्षा सुविधाहरु पनि रहेका छन्।  

१.२ एल पेट्रोल इन्जिन तथा १.० एल टर्बो इन्जिनले पावर गरिएको नयाँ हुन्डाई भेन्यू ५ स्पिड म्यानुअल तथा ७ स्पिड डीसीटी मा उपलब्ध छन्। १९५ एमएमको ग्राउन्ड क्लिरियन्स रहेको यो कम्प्याक्ट एसयूभीको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ अनुभव पाउन सक्नेछन्।

ई, एस र एसएक्स गरी तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य रु.३९.९६ लाख कायम गरिएको छ। नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरुमध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास गरिएको छ।      

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाईन्छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरु मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरुको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ।