काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बुधबार फेरि नयाँ उचाइ कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामै ५०० रुपैयाँ बढ्दै नयाँ उचाइ कायम गरेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला ६३५ रुपैयाँ बढ्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो। 

सुनको भाउ निरन्तर उकालो लाग्ने क्रममा हिजो मंगलबार ब्रेक लागेको थियो। हिजो तोलामा १०० रुपैया घटेर प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँ कायम भएको थियो। 

गत सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामै ७०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामै १५ रुपैयाँ बढ्दै ९६० रपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ ९४५ रुपैयाँ कायम भएको थियो।