काठमाण्डौ । एमजी मोटर इन्डियाले छिटै आफ्नो लोकप्रिय एसयूभी एमजी हेक्टरलाई नयाँ अवतारमा लन्च गर्ने तयारी सुरु गरेको छ। 

यो नयाँ एसयूभी भारतको गुजरात सहरस्थित सडकमा टेस्टिङका क्रममा देखा परेको थियो। यो भारतमा निकै मन पराइएको कार हा। अब कम्पनीले यो हेक्टर फेसलिफ्ट ल्याउने तयारी गरिरहेको हो। 

इन्जिनमा परिवर्तन हुने छैन

हेक्टर फेलिफ्टको इन्जिनका बारेमा अहिले नै कुनै आधिकारिक जानकारी अगाडि आएको छैन। तर हेक्टरको मौजुदा मोडलमा भएको इन्जिन नै प्रयोग हुने सक्ने अनुमान गरिएको छ। कम्पनीको मौजुदा अवस्थामा यो कारमा २ लिटर टर्बो मोटर दिइएको छ। जसले १६८ बीएचपी पावर र ३५० एनएम टार्क जेनेरेट गर्न सक्छ। 

कति पर्ला मूल्य ?

नयाँ हेक्टरको मूल्यका बारेमा कुनै जानकारी आएको छैन। कम्पनीले हालै यो कारको ड्युल टोन भेरियन्टमा लन्च गरेको थियो। कारको मौजुदा मूल्य भारु १६.८४ लाख रुपैयाँबाट भारु १८.०८ लाख रुपैयाँबीच रहेको छ। 

ड्युल टोन एडिसन पनि लन्च

कम्पनीले हक्टरको ड्युल टोन मोडलको क्यान्डी ह्वाइट विद् स्टारी ब्ल्याक र ग्लेज रेड विद स्टारी ब्ल्याक कलर कम्बिनेसनका साथ लन्च गरेको छ। कारमा ब्ल्याक कलरको प्रयोग केबल रुफसम्म मात्र होइन ओआरभीएमएस र ए पिलरसम्म गरिएको छ। – एजेन्सी