काठमाण्डौ । नेपालमा अर्को नयाँ सरकारी बैंक सञ्चालनमा ल्याउने तयारी थालिएको छ।

यसका लागि प्रारम्भिक भेला यही माघ १७ गते डाकिएको छ। भेलामा छलफल गरी यो बैंकको दर्ता प्रक्रिया सुरु गर्न सहकारी विभागमा फाइल पठाइनेछ भने स्वीकृति लिन नेपाल राष्ट्र बैंकमा प्रक्रिया अगाडि बढाइनेछ। 

नयाँ सहकारी बैंकको नाम ‘नेपाल सहकारी बैंक’ राख्ने प्रस्ताव गरिएको छ। यो बैंक हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकको विकल्प बन्न सक्ने बताइएको छ। 

सहकारी बैंक दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक छ। हालसम्म करिब १ हजार संस्थाले दर्ता प्रक्रियामा सहभागी हुने बताइएको छ। आवेदक सहकारी  लगातार ३ वर्षदेखि नाफामा रहेको हुनुपर्ने प्रावधान छ।

सुरआत अवस्थामा यो बैंकको सेयरपुँजी ३ अर्ब रुपैयाँ हुने बताइएको छ। मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी यो बैंकको स्थापना गर्न प्रक्रिया बढाइएको छ।

हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा करिब १२ हजारमात्र सदस्य छन्। यस्ता बैंकले सहरकारी संघसंस्थाहरुसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ।