काठमाण्डौ । भाउ घटेको बेला अत्तालिएर सुन बिक्री गर्ने हतारो पो गरिरहनुुभएको छ कि ? छ भने एकछिन पख्नुहोस्, अन्तराष्टिय क्षेत्रका बजार विश्लेषकहरुले अंग्रेजी नयाँ वर्षको सुरुवातका केही महिनासम्म सुनको भाउ घटे पनि त्यसपछि भने बुल भई ऐतिहासिक उचाईमा पुुग्ने  प्रक्षेपण गरेका छन् । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावले निर्धारण गर्ने भएकोले यो प्रक्षेपण अनुसार नेपालमा सुन आगामी केही महिनाभित्रै प्रति तोला ६० हजार रुपैयाँको उचाईमा पुुग्नसक्ने देखिएको छ । 

फेड दर वृृद्धि, डलरको मजबुती लगायतका कारणले अहिले सुनको भाउ घटिरहेको छ । नेपालमा चाहि ५९ हजारको उचाईमा पुुगेको सन अहिले ५२ हजार ७ सयमा कारोबार भइरहेको छ । विज्ञहरुका अनुसार ग्लोबल सेन्टिमेन्ट्सका कारण अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमाससम्म सुनको भाउ अझै तल झर्न सक्छ । तर, अहिले सुन किन्नेहरुका लागि भने उपयुक्त समय रहेको उनीहरुको सुुझाव छ । नयाँ वर्षको मध्यान्तरसम्ममा सुनको भाउ बुल भई उचाईमा पुुग्नेछ । आगामी दशैं र दीपावलीसम्ममा सुनको भाउ नेपालमा समेत प्रतितोला ६० हजारसम्म पुुग्नसक्ने विज्ञहरुको दाबी छ । 

अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासमा सुनको भाउ नेपालमा ५० हजारदेखि तलसम्म झर्नसक्छ । त्यसपछि भने उकालो यात्रा पक्रनेछ । छिमेकी मुलुक भारतमा प्रति १० ग्राम सुनको मूल्य नयाँ वर्षको पहिलो त्रैमाससम्म हालको २८ हजार भारुबाट घटेर २५ हजार भारुसम्म पुुग्नसक्ने प्रक्षेपण गरिएको छ । त्यसपछि भने खरीदारी बढ्नेछ र आगामी दीपावलीसम्म भारतमा समेत सुनको भाउ प्रति १० ग्राम ३१ हजार भारुसम्म पुुग्नसक्ने त्यहाँका विश्लेषकहरुको प्रक्षेपण रहेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । 

अन्तर्राष्ट्रिय विज्ञहरुका अनुसार अंग्रेजी नयाँ वर्षमा सुनमा ढुक्कसँग लगानी गरे यसले सेयरले भन्दा राम्रो रिटर्न दिने पक्का जस्तै देखिएको छ । 

तत्काल किन घट्छ मूल्य ?
मिडिया रिपोर्टमा विज्ञहरुलाई उद्धृत गर्दै बताइए अनुसार अमेरिकाको ब्याजदर(फेड दर) केही महिनाभित्रै पुनः २ पटक बढाइने संकेत प्राप्त भएको छ । साथै, डलरमा समेत मजबुती आइरहेको छ । यो मजबुती आगामी केही महिनासम्म जारी रहनेछ । फेड दर फेरि बढ्यो भने यसले अमेरिकन डलरलाई थप मजबुत बनाउनेछ र यसको सोझो असर सुनमा पर्नेछ । यही कारण त्यो अवधिसम्म सुनको भाउ अझ तल झर्नेछ । यही कारण छोटो समयका लागि भारतमा सुन अहिलेको २८ हजारबाट २५ हजार भारुमा झर्नेछ भने नेपालमा प्रति तोला ४७ हजारसम्म झर्नसक्नेछ । 

इन्टरनेशनल एक्सपर्ट माक्र्स मोबियसले सन् २०१७ को अन्तसम्ममा अहिलेको तुलनामा सुनको भाउमा १५ प्रतिशतसम्मको वृद्धि हुने प्रक्षेपण गरिएको छ । एक उपल्लो स्तरमा पुुगेपछि डलरको बढोत्तरीको क्रम रोकिनेछ र त्यसले सुनलाई राहात मिल्नेछ । डलरको मजबुुतीमा ब्रेक लागेपछि लगानीकर्ताहरुको ध्यान सुनतर्फ मोडिइनेछ र यसले सुनको भाउ उक्लिन सहयोग पुुग्ने मोबियसको विश्लेषण छ ।