काठमाण्डौ । स्मार्ट डोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्ट डोको नयाँ वर्षको अफर” लिएर आएको छ । जसअन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 

थप रुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्र्तगत जित्नसक्ने सामानहरुः 
१. कोन्का टिभि
२. आइ सिक्स स्मार्टवाच
३. वेगा स्टाय्ण्ड फ्यान्
४. बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर रहेका छन् ।

ग्राहकहरुले स्मार्ट डोकोमार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् । 

यो अफर २०७८ बैसाख १ गतेदेखि ५ गतेसम्म मात्र लागू हुनेछ ।

‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्ट डोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याइएको बताएको छ । हामीले स्वास्थ्यसँग सम्बन्धी प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएका छौं । हामीले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दै आएका छौं र यस नयाँ वर्षको अवसरमा नेपालभर मात्र रु. ५० मा डेलिभरी गर्दैछौं ।' आइएमएस ग्रुपका प्रेसिडेन्ट तथा सीइओ दिकेश मल्होत्राले भनेका छन्-'हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौं । हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेका छौं ।’