काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर संक्रमित थपिनेभन्दा निको हुनेको संख्या झन्डै डबल देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ५ हजार १४७ जना निको भएर डिस्चार्ज भएका छन्। जब कि यो अवधिमा २ हजार ९१८ जना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जनामा र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा उपत्यकामा थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ३९६ जना, ललितपुरका १४५ जना र भक्तपुरका ६६ जना छन्। 

हालसम्म देशभर ६ लाख १० हजार ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घन्टामा देशभर थप ५३ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८ हजार ४६५ पुगेको छ।