काठमाण्डौ । नर्वेमा कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाएका २९ जना वृद्धवृद्धाको मृत्यु भएको खबर सावर्जनिक भएको छ।
फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना भ्याक्सिन लगाएका ती वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ। मृतक सबै ७५ वर्षभन्दा माथि छन्। पहिलो चरणमा ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई भने भ्याक्सिन दिइएको छैन।
ती सबै वृद्धवृद्धामा पहिलेदेखि मुटु, मिर्गौलामा इन्फेक्सनजस्ता गम्भीर स्वास्थ्य समस्या थियो। उनीहरुलाई कोरोना भ्याक्सिनको पहिलो डोज दिइएको थियो ।
नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो । पहिलो चरणमा त्यहाँ उच्च जोखिममा रहेका मानिसहरुलाई भ्याक्सिन दिने काम भइरहेको छ। नर्वेमा हालसम्म ४२ हजार मानिसले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेका छन् ।
तीमध्ये २३ जनाको भ्याक्सिनको साइडइफेक्टका कारण मृत्यु भएको हुन नर्वेका स्वास्थ्य अधिकारीहरु बताउँछन्। कोरोना खोप लगाएकालाई झापापखाला र श्वासप्रश्वासजस्ता समस्या देखिनुमा साइडइफेक्ट नै प्रमुख कारण हुन सक्ने उनीहरुको तर्क छ।
प्रारम्भिक नतिजाबाट फाइजरको भ्याक्सिनमाथि शंका गरिहाल्ने अवस्था नरहेको नर्वेजियन मेडिसिन एजेन्सीले जनाएको छ। यद्यपि अहिले देखिएको नतिजालाई नकार्न नसकिने एजेन्सीले जनाएको छ। – एजेन्सी
33 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago