काठमाण्डौ। मालिस गर्ने तेलका रुपमा प्रसिद्ध नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन हो। विभिन्न ९ आयुर्वेदिक जडीबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो। 

विशेष गरेर टाउको र शरीर दुवैका लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गका लागि सुहाउँदोछ। यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक कायाकल्प र ठन्डाठन्डा चिसोको अनुभव, शरीरको दुःखाइ कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ। 

नवरत्न तेललाई अझ बढी उपभोक्तामाझ पुर्याउने लक्ष्यका साथ विगत केही वर्षदेखि सञ्चालन गरिँदै आएको नवरत्न आयल फ्री हेड मसाज क्याम्प यो वर्ष पनि सञ्चालन गरिने भएको छ। काठमाण्डौ उपत्यकालगायत देशका प्रमुख सहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगन्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरानलगायत अन्य स्थानमा सञ्चालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुनेछ। जुन क्याम्पबाट लाखौँ ग्राहकले तेल मालिसको लाभ लिन सक्नेछन्। 

क्याम्प सञ्चालनका सम्बन्धमा जानकारी दिँदै नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले भने, ‘हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शून्य छ। विगतमा कोरोनाकै कारण हामीले आमउपभोक्ताले अत्यन्त रुचाउनु भएको यो क्याम्प सञ्चालन गर्न असमर्थ भएका थियौँ र अहिले हामी फेरि क्याम्प सञ्चालनका लागि अग्रसर भएका छौँ। क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाखजनाले फ्री हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेका छौँ। म सबैलाई यस क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन हुन आग्रह पनि गर्दछु।’

आजको तनावले भरिएको जिन्दगीमा केही राहतको महसुस गर्न नवरत्न तेल उपयोगी हुनेछ। बहुउपयोगी यो तेलले कुनै प्रकारको साइड इफेक्ट नगर्ने प्रमाणित भइसकेको छ।