काठमाण्डौ । काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यसपालिकाको बडा दसैँमा सेयर बजारमा प्रवेश गर्न चाहनेहरुका लागि नवप्रवेशी लगानी व्यवस्थापना योजना सञ्चालनमा ल्याएको छ। 

कम्पनीले नवलगानीकर्तालाई लक्षित गरी आफूले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम नौ (९)  महिनाका लागि वार्षिक सेवा शुल्कबापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्कबापत मात्र ०.९ प्रतिशत लिने योजना ल्याएको हो। 

यस्तो सेवा प्राप्त गरेबापत लगानी रकमको ९ प्रतिशतसम्म फाइदा भएमा सोभन्दा माथिको नाफामा ९ प्रतिशतका दरले परफर्मेन्स शुल्क कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षका लागि लकिङ हुने यस्तो रकम सेवा प्राप्त गर्दा गद्र्रै सेवाग्राहीलाई बीचैमा रकम झिक्नुपर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिसरन सकिने कम्पनीले जनाएको छ। 

लगानीकर्ताले आफ्नो फाइदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्नसक्ने छन्। 

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताका लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ता तथा  विभिन्न व्यवसायमा रहेका व्यवसायी र सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्तालाई यो सेवा फलदायी हुने जनाएको छ। 

यससम्बन्धी अन्य जानकारीका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङको काठमाण्डौ नक्सालस्थित कार्यालयको फोन नम्बर ४४११६०४ र ४४११७३३ को एक्टेन्सन नम्बर १११ वा १४१ मा सम्पर्क गर्न सकिनेछ। अथवा, ई–मेल ष्लाय२लबदष्ष्लिखभकत।अयm।लउ मा आफ्नो जिज्ञासा राख्न कम्पनीले आग्रह गरेको छ। 

यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने नवलगानीकर्ताले यसको पूर्ण फाइदा लिने कम्पनीको विश्वास छ। यसरी नै  लगानीकर्ता र उद्यमीको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रि« स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङसम्बन्धी सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ। जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, विजनेस क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपायसहित एकै छानामुनि पूरै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।