काठमाण्डौ । ‘नेपालमा बिक्रीवितरण हुने कतिपय प्रडक्टहरुको विज्ञापन भारतीय टेलिभिजनमा बज्ने विज्ञापनको डबिंग तथा कपीपेष्ट मात्र हुन्छन् ।’ लामो समयदेखि नेपालका विज्ञापन डिजाइनर तथा निर्माताहरुले खेप्दै आएको आरोप हो यो । 

भारत तथा अन्य देशमा उत्पादन हुने कतिपय विज्ञापन हेर्दा जोकोही मख्ख पर्छन् । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना संक्रमणमा सन्देश समेत दिने गरी विदेशी बजारमा अजब–गजबका विज्ञापनहरु बन्न थालेका छन् । के नेपालमा चाहिँ यो संभव छैन ? नेपालमा यस्ता क्रियटिभ माइण्ड भएका मानिसहरु छैनन् ? नवील बैंकले घटस्थापनाको दिन सार्वजनिक गरेको एउटा विज्ञापन(टिभीसी) हेरेपछि धेरैलाई भन्न कर लाग्छ–‘यहाँ पनि संभव छ ।’ 

सरकारले कात्तिक ७ गतेदेखि लागू गर्ने तयारी गरेको क्लिन फिड नीतिपछि पनि नेपालको विज्ञापन बजारमा सबैको ध्यान तान्ने गुणस्तरीय टिभीसीहरु देख्न पाइन्छ भन्ने आशाको सञ्चार गर्ने उदाहरण पनि बनेको छ नवीलको यो प्रयास ।

नवील बैंकले आफ्नो डिजीटल कारोबारलाई प्रवद्र्धन र कोरोनाको विषयमा सन्देश दिने उद्देश्यले बनाएको एउटा टेलिभिजन विज्ञापन(टिभीसी)ले धेरैको मन जितेको छ । सार्वजनिक भएको ४८ घण्टा नबित्दै यो विज्ञापनलाई करिब ३ लाखले हेरिसकेका छन् । 

निजी क्षेत्रको अग्रणी बैंक, नवीलले ३ मिनेट २६ सेकेण्डको सन्देशमूलक विज्ञापन बनाएको हो । निकै कम खर्च र समयमा तयार गरिएको यो विज्ञापनले कोरोनाको विषयमा राम्रा सन्देशहरु समेटेको छ । 

कोरोना लाग्दा के गर्ने, परिवारमै कोही प्रियजनलाई कोरोना लाग्यो भने अरुले कस्तो सचेतना अपनाउने, कोरोनाकालमा पनि दशैंतिहारजस्ता महान पर्वमा प्रियजनको आवश्यकता नवीलका डिजिटल माध्यम प्रयोग गरी कसरी पूरा गर्ने लगायतका सन्देश भिडियोले समेटेको छ । 

यस्तै, कोरोना जस्तो सामाजिक दूरी कायम गर्नुपर्ने संक्रमण भयो भने यसले परिवारका सदस्यहरुमा पार्ने भावनात्मक प्रभावको विषयलाई समेत विशेष रुपमा समेटेको छ । धेरै खुशीको क्षणमा पनि कोरोना संक्रमित पिताले आफ्नी छोरीलाई अँगालो हाल्न नपाउँदाको क्षण र त्यस्तो अवस्थामा पनि पिता र पुत्रीले एकअर्काको मायालाई फिल गर्न अपनाएको तरिकाले समेत धेरैको ध्यान तान्छ । 

नवील बैंकका प्रबन्धक कृष्ण सुवेदीले थोरै खर्च र छोटो समयमा तयार भएको भिडियोले छोटो अवधिमै पाएको लोकप्रियताले आफूहरुलाई उत्साहित बनाएको बताए ।

कोभिड १९ पोजिटिभहरुप्रति डेडिकेटेड यो भिडियो हेर्नुहोस्: