काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई ५ महिनाभित्रमा टुंग्याइने बताएको छ ।
बैंकले एनबी बैंकसँग प्राप्तिको सम्झौता भएपछि जारी विज्ञप्तिमा दुवै पक्षबीच यो प्रक्रियालाई ५ महिनाभित्र टुंग्याउने सहमति बनेको जानकारी दिएको हो ।
'बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन।'-नवीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै, एनबी बैंकलाई प्राप्तिपछि वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने दाबी गरेको छ ।
एनबी बैंक प्राप्तिपछि नवील बैंकको प्राथमिक पूँजी रु. ४३ अर्ब, चुक्तापूँजी २२.५ अर्ब, कर्जा रकम रु. ३०० अर्ब, निक्षेप रकम रु. ३१४ अर्ब हुने बताइएको छ ।
यस्तै, गैरकोषमा आधारित व्यवसायको आकार रु. १३० अर्ब माथि हुनेछ । शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन् । ग्राहक संख्या १६ लाख माथि हुने बैंकले जनाएको छ ।
यी दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरेबमोजिम पुस २९ गते बिहीबार सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए । एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउन नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।
बिहीबार साँझ सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदयकृष्ण उपाध्यायले हस्ताक्षरले र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago