adbl and nabil bank
काठमाण्डौ । नवील र कृषि विकास बैंकले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ ।
यी दुवै बैंकले सोमबार छुट्टा–छुट्टै सूचना प्रकाशित गरी खाताधारीहरुलाई यस्तो आग्रह गरेका हुन्।
सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्दे्शिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ ।
नवील र कृषि विकास बैंकले आफ्नो बैंकमा खाता भएका सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्ट्रेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेको हो ।
सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट पनि खरीद आवेदन दिनसक्ने हुँदा अनलाइनमार्फत आवेदन दिन चाहने र यी दुवै बैंकमा डिम्याट खाता भएका लगानीकताहरुलाई समेत मेरो सेयर सेवा लिन आग्रह गरिएको छ ।
नवील बैंकले आफ्नो बैंकमार्फत सीआस्वामार्फत सेयरमा आवेदन गर्दा लाग्ने बैंक शुल्क समेत निःशुल्क गरिएको जनाएको छ। यस्तै, हितग्राही खाता खोल्न बाँकीले बैंकको सम्पूर्ण शाखाहरुमार्फत नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था रहेको समेत बताइएको छ ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago