nabil job
काठमाण्डौ । नवील बैंक लिमीटेडले एकैसाथ १२५ जना फ्रेस जनशक्ति मागेको छ ।
बैंकले ट्रेनी असिस्टेन्टको रुपमा १०० जना र म्यानेजमेन्ट ट्रेनीको रुपमा २५ फ्रेस कर्मचारी मागेको हो ।
अछाम, बैतडी, बझांग, डडेलधुरा, डोटी, जुम्ला, कालीकोट, सुर्खेत, सल्यान र रुपन्देही जिल्लाका गाउँपालिकाहरुमा निकट भविष्यमा स्थापना हुने बैंकका शाखाका लागि १०० ट्रेनी असिस्टेन्ट मागिएको बैंकले जनाएको छ ।
यो पदमा २५ वर्ष ननाघेका र सम्बन्धित बिषयमा स्नातक गरेकाले आवेदन दिनसक्नेछन् । बैंकले प्रकाशन गरेको विज्ञापन यस्तो छः
यस्तै, बैंकले व्यवस्थापन, अर्थशास्त्र, तथ्यांकशास्त्र, फाइनान्स, लेखा लगायत सम्बन्धित बिषयमा स्नातकोत्तर गरी २८ वर्ष ननाघेको फ्रेस जनशक्तिले म्यानेजमेन्ट ट्रेनीका लागि आवेदन दिनसक्ने बैंकको सूचनामा उल्लेख छ ।
सूचना यस्तो छः
8 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago