काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाइने स्किम नवील बैंकले सार्वजनिक गरेको छ । 

रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको ब्याजदरमै उपलब्ध हुने बैंकले घोषणा गरेको छ। 

यस्तो कर्जा नवील बैंकका सबै शाखाहरुबाट सहज ढंगले पाइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निजी क्षेत्रको अग्रणी बैंक नवीलको देशभर ११९ शाखा, १८५ एटीएम काउण्टरहरु रहेका छन् ।