काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभाले बम्पर लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश(३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको जानकारी गराइयो । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिशेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्याएको समेत सो क्रममा बताइएको थियो ।समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पू“जी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।
साधारण सभामा आप्mनो मन्तव्य राख्दै संचालक समितिका अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाईलाई आधुनिकीकरण गर्न, देशको व्यवसायिक एवम् औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए ।
उनले आगामी दिनमा समेत संस्थागत सुशासन र ग्राहकको सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई)का लागि उदयकृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लिमीटेडलाई प्रतिनिधित्व गर्दै उपेन्द्रप्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको थियो ।
साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं बैठकले संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्रप्रसाद पौडेललाई नै चयन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समितिमा आएका थिए ।
बैंकले स्थापनाकालदेखि हालसम्म रू. १६ अर्बभन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।
हाल नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
9 minutes ago
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago