काठमाण्डौ । सेयर बजारमा बैंकिङ समूहको ब्लु चिप नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीका लागि ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमध्ये ११.५ प्रतिशत नगद लाभांश(करसहित) र १८.५ प्रतिशत बोनस सेयर रहेको छ । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।