काठमाण्डौ । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिंगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन्।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारी हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्भिसेसले संयुक्त रुपमा वरिष्ठ नर्स श्रेष्ठलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ अवार्ड २०७९ बाट सम्मान गरेको हो। यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसका अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।
पहिलोपटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो।
आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरे।
सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि अनवरत रुपमा नर्सिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जमा नर्सिङ प्रमुख, आईसीयू विभागमा कार्यरत छिन्।
20 minutes ago
34 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago