काठमाण्डौ । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा १.१३ करोड रुपैयाँ बढाउन सफल भएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४७.१७ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ९ करोड १३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ५ करोड ९५ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ११ करोड ७५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८ करोड १३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि ७७ लाख २५ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ६७ लाख ७३ हजार रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ४१ करोड ४० लाख रुपैयाँ सापटी लिई ९३ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ४५ करोड ७९ लाख रुपैयाँ सापटी लिई ६९ करोड ६२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ९ करोड १० लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा १४८.०४ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ४ करोड ८६ लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा १२ करोड ७ लाख रुपैयाँ पुगेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी २१.१९ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २७.७५, प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ र कुल सम्पत्तिमा प्रतिफल ३.२० प्रतिशत रहेको छ ।