काठमाण्डौ । नागरिक लगानी कोषले १० अर्ब बढी रकम ‘क’ वर्गका बैंकमा लगानी गर्ने भएको छ।

कोषले मुद्दति निक्षेपका रुपमा बैंकहरुमा १० अर्ब ४ करोड ९८ लाख ४४ हजार रुपैयाँ लगानी गर्ने भएको हो। यस्तो लगानी १ वर्षदेखि २ वर्षसम्मको हुने कोषले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम, ब्याज र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी यही पुस १७ गतेसम्म सिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ। सिलबन्दी कोषको काठमाण्डौको नयाँबानेश्वरस्थित कार्यालयमा बुझाउनुपर्नेछ।