काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (असार ११ गते) बाट लिलामीमा राखिएको छ। 

सीआईटीको कुल १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामी सेयरमा इच्छुक बैंक तथा वित्तीय र बीमा कम्पनीहरुले खरिद आवेदन पाउनेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २०० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालय, नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। 

यो लिलामी सेयरमा असार १८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।