काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालको गत कात्तिक १६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ सम्मको सञ्चित नाफाबाट चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँको ६.८५ प्रतिशतले हुन आउने २३ करोड ९७ लाख ५० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृत गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

यी दुवै प्रस्तावको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।