काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले ब्रोकरेज सेवा सुरु गरेको छ।
कम्पनीले बिहीबार (जेठ २५ गते)बाट औपचारिक रुपमा ब्रोकरेज सेवा सुरु गरेको हो। यो कम्पनीलाई धितोपत्र बोर्ड गत जेठ १७ गते धितोपत्र दलाल (स्टक ब्रोकर)को काम गर्ने अनुमति दिएको थियो।
ब्रोकरेज सेवा सञ्चालन गर्न नेप्सेले नागरिक स्टक डिलरलाई सदस्यता नम्बर ६० प्रदान गरेको छ। सोहीअनुसार कम्पनीले नयाँबानेश्वरस्थित कार्यालय (नागरिक लगानी कोषको पुरानो भवन) बाट ब्रोकरेज सेवाको सुरुआत गरेको हो।
यसअघि नागरिक स्टक डिलर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०७७ माघ ९ गते धितोपत्र व्यापारीको अनुमति प्राप्त गरेको थियो। सोहीअनुसार नेप्सेको २०७७ माघ २९ गते सदस्यताबमोजिम डी०१ को संकेतबाट धितोपत्रको कारोवार गर्दै आइरहेको थियो।
कम्पनी आफ्नो लक्षित उद्देश्यअनुरुप धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिको निम्ति प्रक्रिया अगाडि बढाएको थियो।
सरकारको वित्तीय क्षेत्र विकास रणनीतिअनुरुप नेपालमै पहिलोपटक सरकारी स्वामित्वका संगठित संस्थाहरुको संयुक्त लगानीमा स्थापित नागरिक स्टक डिलरले सेयर दलाल सेवा (ब्रोकरेज सर्भिस) सञ्चालनबाट पुँजीबजारको विकास विस्तार र विविधीकरणमा मद्दत पुग्ने विश्वास लिइएको छ।
आमलगानीकर्ताको चाहना र सहजतालाई केन्द्रमा राखेर प्रचलित नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्दै प्रविधिमैत्री, पहँुचयोग्य, पारदर्शी र चुस्त सेवा प्रवाह गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ। लगानीकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै एकीकृत सेवाको अवधारणाअनुरुप कम्पनीले निकट भविष्यमै डीपी सेवा, मार्जिन लेन्डिङलगायतका सेवाहरु प्रदान गर्ने योजना बनाएको छ।
पुँजी निर्माण र परिचालनको महत्वपूर्ण चेम्बरका रुपमा रहेको सेयर बजारलाई देशभर पहुँच योग्य बनाउने सरकारको योजनामा हातेमालो गर्न कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँमा शाखा कार्यालय विस्तार गर्ने लक्ष्य लिएको छ।
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago