काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ वार्षिक साधारणसभा तथा २१ औँ निर्वाचन स्थगित गरिएको छ।

गत साउन १५ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको बैठकले वार्षिक साधारणसभा र निर्वाचन आउँदो भदौ २५ गते काठमाण्डौको होटेल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको थियो। सोही साधारणसभा आयोजनाका लागि नाडाले गत साउन १९ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पत्राचार गरी अनुमति मागेको थियो।

काठमाण्डौ प्रशासनले भने कोरोना संक्रमण दर अझै उच्च हुन गई तेस्रो लहरसमेत आउन सक्नेभन्दै सभा र सम्मेलन आदि गर्न नपाउने भन्दै गत साउन १९ गते सार्वजनिक सूचना जारी गरेको थियो। सोही कारण वार्षिक साधारणसभा तथा निर्वाचन स्थगित गरिएको नाडाले जनाएको छ।