काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन्।

चौधरीको प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका व्यवसायीसमेत समेटिएका छन्। सम्पूर्ण अटो क्षेत्रमा प्रतिनिधित्व गर्ने चारपांग्रे, दुईपांग्रे, ब्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्टलगायत सबै क्षेत्रलाई समेटेर टिम बनेको चौधरीले जानकारी दिए।

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई तय भएका छन्।

‘हाम्रो समूहमा अनुभव र जोशको उत्तम समिश्रण छ’, चौधरीले भने, ‘त्यसैले अनुकूलता र प्रतिकूलता दुवैमा अटोमोबाइल क्षेत्र सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न हाम्रो टिम समक्ष छ।’

चौधरीले यही मंसिर २२ गतेसम्म सर्वसम्मतका लागि प्रयास गर्न आफ्नो टिम तयार रहेको बताए। ‘भएन भने प्रजातान्त्रिक बाटोबाट चुनाव हुन्छ’, उनले भने।