काठमाण्डौ। नाडाले ताप्लेजुङका अग्निपीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डले आज भौतिक, पूर्वाधार तथा यातातातमन्त्री वसन्तकुमार नेम्बाङसँग भेटी नाडाको सामाजिक उत्तरदायित्वअन्र्तगत ताप्लेजुङको दोभानमा भएको आगलागीबाट पीडित बनेकाहरुका लागि जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङलाई सहयोगस्वरुप २ लाख १ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। 

भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङका अग्निपीडितका लागि नाडाको पदाधिकारीलगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङको नाममा काटिएको चेक मन्त्री नेम्बाङ हस्तान्तरण गरेका हुन्। 

छलफलमा मन्त्री नेम्बाङले देशमा परेको आपत्–विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिए। उनले पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरी प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी गराए। 

छलफलमा नाडाका अध्यक्ष दुलालसहित उपाध्यक्षद्वय करणकुमार चौधरी र आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल र कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती उपस्थिति थियो।