काठमाण्डौ । करीब १७.८ अरब अमेरिकी डलर बराबरको महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टू ह्वीलर्स लिमीटेडले आफ्नोे प्रिमियम ३०० सीसी बाइक महिन्द्रा मोजो(MOJO) नेपालमा औपचारिक रुपमा बिक्री आरम्भ गरेको छ । 

मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०१६ को उद्घाटनकै दिन महिन्द्राले बिल्कुलै नयाँ मोडेलको बाइक मोजोको नेपालमा लञ्च गर्दै बिक्रीवितरण सुरु भएको जनाएको हो । 

मोजोको प्रवद्र्धनका लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट अगस्त २३ मा मोजो बाइक चढेर काठमाण्डौ आइपुगेका समेत बताइएको छ । करिक २ हजार ८८ किलोमिटरको दूरी तय गर्दै काठमाडौंमा भएको अटो शोमा ती दुई राइडर्स आएर महिन्द्रा मोजोको प्रवद्र्धनमा समेत लागेका छन् । ती राइडरहरुको यात्राको औपचारिक सुरुवात महिन्द्रा टू ह्वीलर्सका सिनियर भाइस प्रेजिडेन्ट पी.एस. अशोकले गरेका थिए । 

महिन्द्रा टू ह्वीलर्सका प्रमुख कार्यकारी अध्यक्ष सहायलकाअनुसार मोजो महिन्द्राको फ्ल्याग्शिप मोडल हो र यो आफ्नो लञ्चदेखि नै भारतमा लोकप्रिय छ । ‘हामीले हालसम्म लोयल कस्टमरहरुको एउटा ठूलो टोली बनाउन सफल भइसकेका छौं, उनीहरु मोजो टाइबको सदस्य भएका छन् । उनले भने-'हामी मोजोप्रेमीहरुको यो समूहलाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौ ।' 

उनका अनुसार भारतको पुनेबाट २ हजार ८८ किलोमिटरको दूरी तय गर्दै मोजो काठमाण्डौ आइपुग्नुले पनि यसको दमदारपन प्रमाणित भएको र मोजोले एक टुरिङ्ग बाइकको परिचय बनाएको उनको दाबी छ । 

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार मोजो महिन्द्रा टू ह्वीलर्सको तर्फबाट आएको सबैभन्दा गुणस्तरीय उत्पादनमध्येको एक हो । हामी यो मोटरसाइकललाई पनि नेपालमा ल्याउन पाएकोमा औधी खुशी छौ । उनले भने–‘हामी मोजोमार्फत नेपाली ग्राहकलाई समेत एक उच्चस्तरीय टुरिङ्ग बाइकको अनुभव गराउनेछौं ।’

मोजोमा मालो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट  DOHC (Double Over Head Camshaft) इञ्जिनका साथै एडभान्स्ड् EFI (Electronic Fuel Ignition), इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् पनि रहेको छ । साथै, उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन लगायतका विशेषता पनि बाइकमा छ । ३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । यी फिचर्सहरुलाई सबैभन्दा बढी २१ लिटरको इन्धन क्षमता भएको प्mयुल ट्यांकले लामो दूरी तय गर्न मद्धत गर्ने बताइएको छ । 

मोजो सन् २०१५ देखि हालसम्म भारतमा सबैभन्दा धेरै ख्याति कमाएको बाइक पनि हो । यो उत्पादनले भारतमै छोटो अवधिमा ८ वटा प्रतिष्ठित अवार्ड समेत जितिसकेको छ ।