काठमाण्डौ । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ।
बैंकले यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपो–२०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउनेछ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ। यस नाडा ईभी एक्सपोअन्तर्गत बैंकको स्टल नं. जी–१२ मा ग्राहकलाई तत्काल ऋण मूुल्यांकन गरी कर्जा स्वीकृतिपत्र सर्तहरु लागू हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago