काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा एकदिने कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

६९ औं विश्व भन्सार दिवसका अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो। अटोमोवाइल व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी विद्यमान प्रणालीहरुबारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले यो प्रशिक्षण कार्यक्रम गरिएको नाडाले जनाएको छ। 

कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए। 

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफ्ना सदस्य कम्पनीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुनेमात्र नभई व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहजसमेत हुने भएकोले विगत केही बर्ष अघिदेखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्न गर्दे आइरहेको जानकारी दिए। 

कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सूर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए। नाडाकातर्फबाट सीए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा नाडाका कुल ४६ सदस्य कम्पनीहरुको उपस्थिति थियो। कार्यक्रममा नाडाका अध्यक्ष दुलालले महानिर्देशक दाहाललाई मायाको चिनो प्रदान गरेका थिए। उनले कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए। 

कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्यसमिती सदस्यहरु अभिक ज्योती, धुव्रबहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटीसमेतको उपस्थिति थियो।