काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने भएको छ।

आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्य गर्ने विषयमा छलफल गरेको हो। महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ।

नाडाले विगत डेढ दशक अघिदेखि महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको छ। 

छलफलमा उपाध्यक्ष करणकुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति थियो।