– रेखा चन्द

काठमाण्डौ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा नाडा ईभी अटो एक्सपो आजबाट सुरु भएको छ। 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गरेको यो एक्सपोमा कुुल ५१ स्टल छन्। जसमा ४ पांग्रे विद्युुतीय सवारीसाधनका ८ स्टल, ३ पांग्रेको १ स्टल, २ पांग्रेको १६ स्टल, कन्पोनेन्टका २२ र बैंक तथा बीमा कम्पनीका ४ स्टल छन्। 

आगामी ४ दिनसम्म चल्ने एक्सपोको झन्डै ४० लाखले अनुुगमन गर्ने आयोजकले जनाएको छ।

विभिन्न कम्पनीहरुले आकर्षक सुुविधासहित विद्युुतीय सवारीसाधन प्रदर्शनीमा ल्याएका छन्। उद्घाटनको पहिलो दिनै अवलोकनकर्ताको भीड लागेको थियो। 

नेपालीको महानपर्व नजिक आएसँगै मानिसहरु विभिन्न कम्पनीका कार, बाइक तथा स्कुुटर किन्ने सोचमा छन्। यसबीच नाडाले विद्युुतीय सवारीसाधनको प्रदर्शनीको आयोजना गर्दा खरिद गर्न चाहनेहरुलाई निकै सहज भएको छ। सबै किसिमको सवारी एकैठाउँमा पाइने हुँदा प्रदर्शनीमा पहिलो दिनै सर्वसाधारणको भिड ह्वात्तै बढेको थियो।

विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङको सुुविधा प्रदान गर्न बैंकहरुको स्टल पनि रहेको आयोजकले जनाएको छ। एक्सपोमा नबिल बैंक, हिमालयन बैंक र कामना सेवा विकास बैंकको स्टल रहेका छन्। 

यसका साथै सवारीको बीमाका लागि शिखर इन्स्योरेन्स रहेको छ। 

बैंकहरुले प्रदर्शनीमा राखिएका ४ पांग्रे विद्युुतीय सवारीसाधनमा ८० प्रतिशतसम्म फाइनान्सिङको सुुविधा दिने जनाएका छन्। ‘हामीले यहाँ प्रदर्शनीमा राखिएका ४ पांग्रे सवारी खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुुविधासहित अन्य सुुविधा दिनेछौँ’ एक बैंकका प्रतिनिधिले भने। 

नबिल बैंकले वातावरणलाई मध्यनजर गर्दै इलेक्ट्रिक गाडी खरिदका लागि आकर्षक अटो लोन ल्याइएको जनाएको छ। बैंकका अनुुसार इलेक्ट्रिक गाडी किन्दा आकर्षक ब्याजदरसहित ८० प्रतिशतसम्म फाईनान्सिङको व्यवस्था छ भने कर्जा अवधि ७ वर्षसम्मको रहेको छ। यस्तै क्रेडिट कार्डमा २ लाख रुपैयाँसम्मको सुुविधा छ। 

यस्तै हिमालयन बैंकले सरल मासिक किस्ता तिर्ने गरी र न्यूनतम ब्याजदरसहितको सुुविधा अटो लोनमा दिएको छ। बैंकले पनि इलेक्ट्रिक गाडी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था गरिएको जनाएको छ। कर्जा अवधि ८ वर्षको रहेको छ। 

त्यसैगरी कामना सेवा विकास बैंकले पनि एक्सपोबाट ४ पांग्रे विद्युुतीय सवारी गर्दा ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था गरेको छ। बैंकले गाडी खरिद प्रक्रिया शुल्कमा समेत ०.२५ प्रतिशत बीपीएस छुुट दिने जनाएको छ। 

एक्सपोमा टेस्ला, हुन्डाई, ग्रेटवाल, निसान, टाटा, बीवाईडी, महिन्द्रा र सीजी मोटर्सका ४ पांग्रे विद्युुतीय सवारीसाधनको प्रदर्शनी गरिएको नाडाले जनाएको छ।  

सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गर्नुपर्ने र विद्युुतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिने सरकारको लक्ष्य रहेको हो।

यो एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए।