काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले गत वर्षको यही अवधिसम्म १० लाख ५१ हजारमा सीमित खूद नाफालाई बढाएर ४४ करोड ८५ हजारको उचाईमा पुर्याएको हो । 

नाफा बढे पनि बिमा शुल्कबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष बिमा शुल्कबाट कम्पनीले २ करोड ९६ लाख आम्दानी गरेकोमा यो वर्ष घटेर २ करोड ५० लाखमा सीमित बन्न पुुगेको हो । 

कम्पनीले पुनर्बिमा कमिसनबाट हुने आयमा चाहि निकै ठूलो प्रगति गरेको छ । अघिल्लो वर्ष ७४ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ करोड ७३ लाखको उचाईमा पुुगेको छ । ५१ लख ८५ हजारमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेर २४ लाख ४८ हजारमा सीमित बन्न पुुगेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ९४ लाख ७९ हजार दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा १ करोड १२ लाख बराबरको भुक्तानी गरेको छ । 

कम्पनीको व्यवस्थापन खर्च थामिनसक्नु गरी बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ९९ लाख ९० हजार रहेको व्यवस्थापन खर्च बढेर यो वर्ष २ करोड २५ लाखको उचाईमा पुुगेको छ । 

अघिल्लो वर्षसम्म ३ हजार ९ सय २ रहेको जारी बिमा लेखको संख्या बढेर ६ हजार ८ सय ८३ पुुगेको छ । 

एभरेष्ट इन्स्योरेन्सको बिमा कोष ९ करोड ९२ लाखबाट बढी १५ करोड २३ लाखको उचाईमा पुुगेको छ । यस्तै, १२ करोड १३ लाख रहेको जगेडाकोष ११ करोड ९३ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२३.६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७९.४९ गुणा कायम भएको छ ।