ललितपुर । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ। बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो। उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७  प्रतिशतले बढी हो। 

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो। बैंकको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार  यस  अवधिमा बैंकको २ अर्व ८३ करोड शेयर पुँजीसहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ।

त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ८९ लाख रहेको छ। 

७७ जिल्लाका सबै खाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघरसंस्था सदस्य रहेका छन् भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन्।