काठमाण्डौ । नवील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमै ८५ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । 

ग्त वर्षको यही अवधिमा बैंकको नाफा ७९ करोड ८३ लाख थियो । 

यो अवधिमा बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब ३६ करोड पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्र्ब २७ करोड थियो । 

समीक्षा अवधिमा नवील बैंकले १ खर्ब २३ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गरी ८३ अर्ब ५४ करोड कर्जा परिचालन गरेको थियो । 

ग्त वर्षको पहिलो त्रैमाससम्म ६ अर्ब २० करोड रुपैयाँ रहेको जगेडा कोषमा समीक्षा अवधिसम्म ६ अर्ब ९४ करोड रुपैयाँ जम्मा भएको छ । 

कुनै पनि खराब कर्जा नरहेको बैंकको प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ५०.६७ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष ४१.१० रुपैयाँमा सीमित बन्न पुुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.३२ रुपैयाँ कायम भएको छ । 

गत वर्षको पहिलो त्रैमाससम्म ६ अर्ब १८ करोड रुपैयाँ रहेको बैंकको चुक्तापूँजी समीक्षा अवधिसम्म बढेर ८ अर्ब ४ करोड पुगिसकेको छ ।